प्रहरीद्वारा एकैसाथ नेपालगन्जका ७ क्यासिनोमा छापा, सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट फेरी नेपाली पक्राउ


प्रहरीद्वारा एकैसाथ नेपालगन्जका ७ क्यासिनोमा छापा, सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट फेरी नेपाली पक्राउ

नेपालगन्ज २३ जेठ : बाँके प्रहरीले एकैसाथ नेपालगन्जका ७ क्यासिनोमा छापा हानेकोछ ।

एकैसाथ एउटै समयमा सोमबार राती साढे ९ बजे नेपालगन्जका ७ वटा क्यासिनोमा बाँके प्रहरीले छापा हानेको हो ।

प्रहरीले क्यासिनोमा छापा हान्दा नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट फेरि नेपाली पक्राउ परेको बाँके प्रहरी स्रोतले सेतोखरीलाई जानकारी दिएको छ ।

नेपालगन्जका ७ वटा क्यासिनोमा एकैपटक एउटै समयमा प्रहरीले छापा हानेको हो’ प्रहरी स्रोतले भन्यो –‘होटल सिटी प्यालेस भित्रबाट फेरि नेपाली पक्राउ परेकाछन् ।’

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी स्रोतका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लगिएकोछ ।

यसअघि पनि हिजो आईतबार नेपालगन्जको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट नेपालगन्जका ७ जना नेपाली युवालाई नियन्त्रणमा लिएको थियो ।

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर, नेपालगन्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।