अछाम विनोद मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ, अझैं जाहेरी दर्ता भएन


अछाम विनोद मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ, अझैं जाहेरी दर्ता भएन

नेपालगन्ज २६ जेठ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १६ वर्षीय बालक विनोद शाहीको हत्यामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेकाछन् ।

घटना अनुसन्धानमा परिचालित केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, रामबहादुर शाही, मिलन शाही र महेन्द्र शाही छन् । किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा छ ।

बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका थिए ।

दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत मृतकका परिवार र स्थानीयसंगको सहमतिपछि प्रहरीले विनोदको शव उठाएको छ । उनको शव हिजो(बुधबार) पोष्टमार्टमका लागि अस्पातल लगिएको उनका दाजु बखत बहादुर शाहीले जानकारी दिए । तर, पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध दिइएको जाहेरी दर्ता नभएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जमा रहेका उनका अर्का दाजु सुशान्त विक्रम शाहीसहितको टोलीले बुधबार विहान नेपालगन्जमा भाइको हत्यारालाई कानूनी कारबाही र जाहेरी दर्ताको माग गर्दै विरोध ¥याली निकालेका थिए । सोक्रममा उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।