बर्दियामा २१ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ७४ वर्षीय ठूलोबुवा पक्राउ


बर्दियामा २१ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ७४ वर्षीय ठूलोबुवा पक्राउ

नेपालगन्ज २८ जेठ : बर्दिया प्रहरीले छोरी बलात्कार गरेको आरोपमा ठूलो बुवालाई पक्राउ गरेकोछ ।

बर्दियाको मधुवन नगरपालिकाकी २१ वर्षीया छोरीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुवालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पीडित छोरीलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखेर घटनाको अनुसन्धान भईरहेको छ ।