नेपालगन्ज २८ जेठ : बर्दिया प्रहरीले छोरी बलात्कार गरेको आरोपमा ठूलो बुवालाई पक्राउ गरेकोछ ।
बर्दियाको मधुवन नगरपालिकाकी २१ वर्षीया छोरीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुवालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
पीडित छोरीलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखेर घटनाको अनुसन्धान भईरहेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’