नेपालगन्ज ३० जेठ : जिल्ला प्रहरी कार्यालय बाँकेले धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम नगर्न आग्रह गरेकोछ ।
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दै गएपछि बाँके प्रहरीले सोमबार यस्तो आग्रह गरेको हो ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी ले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने जो सुकैलाई कानूनी कारबाही गरिने चेतावनी समेत दिएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हाल विभिन्न सामाजिक सञ्जालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दो क्रममा देखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
बाँके प्रहरी प्रमुख एसपी अधिकारीले कसैले पनि धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पु¥याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक सञ्जालहरुमा सम्प्रेषण नगरिदिन अनुरोध गरेका छौं ।
उनले भने यदि उल्लेखित किसिमका धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पु¥याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक सञ्जालहरुमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्ष सम्मा कैद र २० हजार जरिवाना गरिने बताए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी