नदीजन्य पदार्थ उत्खनन् रोक्ने अभियानको स्वागत


नदीजन्य पदार्थ उत्खनन् रोक्ने अभियानको स्वागत

नेपालगन्ज ३१ जेठ : राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न सुरुवात गरेको अभियानको संरक्षणकर्मीले स्वागत गरेका छन् । राप्तीसोनारी गाउँपालिकले नदीजन्य सामाग्रीको अवैध उत्खनन रोक्न सक्रियता देखाएपछि स्वागत गरिएको हो ।

राप्तीसोनारीमा रहेका वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै स्वागत गरेका हुन् । विज्ञप्तीमा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्री र वन महासंघ राप्तीसोनारी गाउँपालिका अध्यक्ष कृष्ण केसीले हस्ताक्षर गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलको विशेष चासो र कार्यपालिका टिमले नदीजन्य पदार्थ उत्खनन सम्बन्धि चालेको जनमैत्री कदमको स्वागत गरिएको छ ।

स्थानीय सरकार राप्तीसोनारीलाई कैयौं पटक आग्रह गर्दा पनि विगतका दिनमा ठोस कार्यान्वयनमा नआउँदा स्थानीय जनताको प्राकृतिक स्रोत माथिको अधिकारी कटौती भएको महसुस भएको विज्ञप्तीमा जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

थप समाचार

अवैध उत्खनन र ओसार–पसार रोक्ने सरोकारवालाको निर्णय

राप्तीसोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्तीसोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा