नेपालगन्ज ३१ जेठ : राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न सुरुवात गरेको अभियानको संरक्षणकर्मीले स्वागत गरेका छन् । राप्तीसोनारी गाउँपालिकले नदीजन्य सामाग्रीको अवैध उत्खनन रोक्न सक्रियता देखाएपछि स्वागत गरिएको हो ।
राप्तीसोनारीमा रहेका वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै स्वागत गरेका हुन् । विज्ञप्तीमा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्री र वन महासंघ राप्तीसोनारी गाउँपालिका अध्यक्ष कृष्ण केसीले हस्ताक्षर गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलको विशेष चासो र कार्यपालिका टिमले नदीजन्य पदार्थ उत्खनन सम्बन्धि चालेको जनमैत्री कदमको स्वागत गरिएको छ ।
स्थानीय सरकार राप्तीसोनारीलाई कैयौं पटक आग्रह गर्दा पनि विगतका दिनमा ठोस कार्यान्वयनमा नआउँदा स्थानीय जनताको प्राकृतिक स्रोत माथिको अधिकारी कटौती भएको महसुस भएको विज्ञप्तीमा जनाइएको छ ।
थप समाचार
अवैध उत्खनन र ओसार–पसार रोक्ने सरोकारवालाको निर्णय
राप्तीसोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी
नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्तीसोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’