बाँके निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै समातिए शिकारी


बाँके निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै समातिए शिकारी

नेपालगन्ज ३१ जेठ : बाँके राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै एक जना शिकारीलाई नियन्त्रणमा लिइएकोछ ।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले आईतबार ती शिकारीलाई हतियारसहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१३ सिम्री बस्ने वर्ष ५४ का बमबहादुर पल्ली मगरलाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार साहले सेतोखरीलाई जानकारी दिए ।

सेना र निकुञ्ज प्रशासनको नियमित गस्तीका क्रममा उनलाई पक्राउ गरिएको साहले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

पक्राउ परेका मगरका साथबाट एकनाले भरुवा बन्दुक लोड गरिएको अवस्थामा बरामद गरिएको बाँके राष्ट्रिय निकुञ्जका मुद्दा फाँटका कर्मचारी मोहन सापकोटाले सेतोखरीलाई जानकारी दिए ।

‘सेनाले लगाउने पोशाक जस्तै लुगा लगाएर शंकास्पदरुपमा निकुञ्ज मध्यवर्ती क्षेत्रमा भेटिएका बमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो,’ निकुञ्जका मुद्दा फाँटका कर्मचारी सापकोटाले भने–‘लोड गरिएको भरुवा बन्दुक असुरक्षित भएपछि सेनाले ‘अनलोड’ गरे । उक्त बन्दुक पड्काएको वन्यजन्तु मारेको भने पाइएन ।’

‘सेनाले लगाउने पोशाकमै भेटिएका मगरले सेना र सुराकीलाई छलि वन्यजन्तुको शिकार गर्न खोजेको भन्ने बुझिएकोछ उनले बताए ।

उनी र बरामद हतियार आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको निकुञ्ज सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सापकोटाका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तु सम्बन्धि घटना कम भएकोछ ।

सेना र निकुञ्ज प्रशासनको निगरानी, सक्रियता तथा मध्यवर्ती क्षेत्रका नागरिक साथ र सहयोगले निकुञ्ज भित्र वन्यजन्तु सम्बन्धिका घटना कमी आएको उनले बताए ।

गत वर्षको दाँजोमा यस वर्ष(यो घटना बाहेक) जम्मा ४ वटा मुद्दा निकुञ्जले चलाएकोछ । जसमध्ये २ वटा फच्छ्र्यौट भइसकेको, एउटा पेसी र एउट अदालतमा रहेको सूचना अधिकारी सापकोटाले बताए । एक वर्ष भन्दा माथि कैद सजाए हुने मुद्दा अदालतबाट फैसला हुन्छ ।

*अपडेट