राप्रपा बर्दियाले बुझायो २२ बुदेँ माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र


राप्रपा बर्दियाले बुझायो २२ बुदेँ माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गुलरिया (बर्दिया) १ असारः राप्रपा बर्दियाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न २२ बुदेँ मागहरु राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको राप्रपा बर्दियाका नगर अध्यक्ष सुजित श्रीवास्तवले जानकारी दिए ।

उक्त ज्ञापन पत्रमा तत्काल किसानलाई मल र बीउ उपलव्ध गराउनु पर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरिनुपर्ने, पट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृखलाबद्ध मूल्यबृद्धि अविलम्व रोकिनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालिनु पर्ने, २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तीको छानविन गरिनुपर्ने, राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रीपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरिनुपर्ने, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने, संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरिनुपर्ने तथा नेपाललाई पुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने, बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना कार्यान्वयन गरिनुपर्ने, महिला, बालबालिका तथा दलित समुदाय विरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने, स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गर्नु पर्ने लगायतका २२ बुदेँ माग रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्रपाका पुर्व केन्द्रिय सदस्य बासुदेव शर्माले उक्त मागहरु वाचन गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझाई सकेपछि राप्रपाका पुर्व केन्द्रिय सदस्य टिकाराम चौधरीले सम्बोधन गर्दै जनताका सानातिना समस्या समेत सम्बोधन गर्न नसक्नु वर्तमान सरकारको कमजोरी भएको भन्दै तत्काल आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेको राप्रपा बर्दियाकी कार्यबहाक अध्यक्ष शान्ता क्षेत्रीले जानकारी दिइन् ।