जमुनाहाबाट ‘खैरो हेरोईन’ सहित कम्दीका उत्तम पक्राउ


जमुनाहाबाट ‘खैरो हेरोईन’ सहित कम्दीका उत्तम पक्राउ

File Photo

नेपालगन्ज ३ असार : नेपालन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।