नेपालगन्ज ५ असारः बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रबक्ता एवम डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नम्बर–६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ ।
बाँके जिल्ला अदालतले २०७२ कार्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।
थारुलाई अदालतले २०७९ जेठ ५ गते लेनदेन मुद्दामा एक वर्ष कैद सुनाएको थियो । अदालतबाट कैद फैसला भएसंगै उनीहरु फरार रहेका थिए । फरार रहेका पासी र थारुलाई पक्राउ गरि प्रहरीले अदालत बुझाएको छ ।
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ