बाँके प्रहरीले समात्यो दुई जना फरार अभियुक्त


बाँके प्रहरीले समात्यो दुई जना फरार अभियुक्त

नेपालगन्ज ५ असारः बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रबक्ता एवम डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नम्बर–६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके जिल्ला अदालतले २०७२ कार्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।

थारुलाई अदालतले २०७९ जेठ ५ गते लेनदेन मुद्दामा एक वर्ष कैद सुनाएको थियो । अदालतबाट कैद फैसला भएसंगै उनीहरु फरार रहेका थिए । फरार रहेका पासी र थारुलाई पक्राउ गरि प्रहरीले अदालत बुझाएको छ ।