File Photo
नेपालगन्ज ६ असार : बाँकेको राप्ती नदीबाट अबैध रुपमा नदीजन्य सामाग्री उत्खनन र ओसार पसारमा संलग्न भएको भन्दै ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राप्तीसोनारीको राप्ती नदीबाट ढुंगा लिएर आउँदै गरेका दुई वटा ट्याक्टर र अवैध रुपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुई वटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राप्ती नदीमा अबैध रुपमा बलुवा उत्खनन गर्न जाँदै गरेका भे १ त ८८६३ र भे १ त ७१४० नम्बरका टयाक्टरलाई प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोको टोलीले नियन्त्रणमा लिएको हो ।
दुई वटा टयाक्टरलाई सिक्टा सिचाइँको नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी–२ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षक बिष्णु खड्काको नेतृत्वमा गएको टोलीले वडा नम्बर–२ कै माथेवासमा जम्मा गरेर राखिएको ढुंगा लिएर आउँदै गरेको अवस्थामा आईतबार दिउँसो भे १ त ३३१६ र भे १ त ७३६२ नम्बरका दुई वटा टयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।