File Photo
नेपालगन्ज ६ असार : बाँकेको राप्ती नदीबाट अबैध रुपमा नदीजन्य सामाग्री उत्खनन र ओसार पसारमा संलग्न भएको भन्दै ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राप्तीसोनारीको राप्ती नदीबाट ढुंगा लिएर आउँदै गरेका दुई वटा ट्याक्टर र अवैध रुपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुई वटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राप्ती नदीमा अबैध रुपमा बलुवा उत्खनन गर्न जाँदै गरेका भे १ त ८८६३ र भे १ त ७१४० नम्बरका टयाक्टरलाई प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोको टोलीले नियन्त्रणमा लिएको हो ।
दुई वटा टयाक्टरलाई सिक्टा सिचाइँको नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी–२ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षक बिष्णु खड्काको नेतृत्वमा गएको टोलीले वडा नम्बर–२ कै माथेवासमा जम्मा गरेर राखिएको ढुंगा लिएर आउँदै गरेको अवस्थामा आईतबार दिउँसो भे १ त ३३१६ र भे १ त ७३६२ नम्बरका दुई वटा टयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’