नेपालगनज ८ असारः बाँके प्रहरीले दुई जना फरार प्रतिबादी पक्राउ गरेकोछ । अदालतबाट सजाय पाएर फरार रहेका दुईजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
गाली बेइजती मुद्दामा फरार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० बस्ने ५२ वर्षीय बलिराम कुर्मी र कुटपिट मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० बस्ने २२ वर्षीय शिवा कुर्मी बर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । बलिरामलाई २०७९ बैशाख १९ गते गाली बेइजती मुद्दामा जिल्ला अदालतले ६ महिना कैद सजाय तोकेको छ भने २०७९ बैशाख १३ गते शिवालाई कुटपिट मुद्दामा बाँके जिल्ला अदालतबाट ३ महिना कैद सजाय फैसला गरेकोछ ।
अदालतको मुद्दा फैसलासंगै गाली बेइजती र कुटपिट मुद्दामा फरार रहेका दुबै जनालाई बाँके प्रहरीले पक्राउ गरि बाँके जिल्ला अदालतमा बुधवार नै बुझाएको प्रहरी जनाएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’