नेपालगन्ज २० का फरार दुई जना प्रतिवादी पक्राउ


नेपालगन्ज २० का फरार दुई जना प्रतिवादी पक्राउ

नेपालगनज ८ असारः बाँके प्रहरीले दुई जना फरार प्रतिबादी पक्राउ गरेकोछ । अदालतबाट सजाय पाएर फरार रहेका दुईजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

गाली बेइजती मुद्दामा फरार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० बस्ने ५२ वर्षीय बलिराम कुर्मी र कुटपिट मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० बस्ने २२ वर्षीय शिवा कुर्मी बर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । बलिरामलाई २०७९ बैशाख १९ गते गाली बेइजती मुद्दामा जिल्ला अदालतले ६ महिना कैद सजाय तोकेको छ भने २०७९ बैशाख १३ गते शिवालाई कुटपिट मुद्दामा बाँके जिल्ला अदालतबाट ३ महिना कैद सजाय फैसला गरेकोछ ।

अदालतको मुद्दा फैसलासंगै गाली बेइजती र कुटपिट मुद्दामा फरार रहेका दुबै जनालाई बाँके प्रहरीले पक्राउ गरि बाँके जिल्ला अदालतमा बुधवार नै बुझाएको प्रहरी जनाएको छ ।