विधान विपरीत जानेलाई जातीयताको आधारमा छुट हुँदैन : पाण्डे


विधान विपरीत जानेलाई जातीयताको आधारमा छुट हुँदैन : पाण्डे

आठ वटा स्थानीय तह रहेको बर्दियामा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ७ वटा पालिका जित्ने रिपोर्ट पेस गरेको थियो । सात वटा जित्न नसकेपनि ५ वटा पालिका जितेको नेपाली काँग्रेस खुसी भने हुन सकेन । कारण थियो बागी उम्मेदवार तथा पार्टि भित्रैबाट अन्तरघात भएका कारण जितेका पालिका मध्ये केहि पालिकामा झिनो मतले मात्रै विजयी भएको थियो ।

निर्वाचन पश्चात बसेको बैठकले अनुसाशन समितिलाई निर्देशन दिदैँ विधान अनुसार निर्वाचनमा अन्तरघात गरेका तथा बागी उमेदवारलाई कारबाहीको लागी निवेदन पर्न थाले । निवेदन उपर अनुसन्धान गर्दा अन्तरघात गर्नेहरुलाई कारबाही गरियो । कतिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरीएको छ । भने केहि नेतालाई स्पष्टिकरण सोधिएको छ ।

यसरी कारबाहीमा पर्नेहरु वडा समितिदेखि लिएर केन्द्रिय सदस्यसम्मका नेताहरु रहेका छन् । कारबाही नै गर्नु पर्ने अवस्था किन आइलाग्यो ? अब आगामी दिनमा नेपाली काँग्रेस बर्दिया कसरी अगाडि बढ्छ ? भन्ने विषयमा नेपाली काँग्रेस अनुशासन समितिका संयोजक तथा जिल्ला सचिव जग्गा प्रसाद पाण्डे सँग सेतोखरीकर्मी दीपक शर्माले गरेको कुराकानी :

स्थानीय तहको निर्वाचन नेपाली काँग्रेस बर्दियाका लागी कस्तो रहयो ?

Kids Festival 2022
kanti aarogya hospital
add

–२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हामीले सात वटा पालिका जित्ने आकंलन गरेका थियौं । हामी त्यही अनुसार तयारी गर्दै पार्टीको प्रचारप्रसारदेखि जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्दै योजनाअनरुप अगाडी बढ्यौं । तर, दुर्भाग्य भन्नु पर्छ हामीले अपेक्षा गरेको ७ पालिकामा ५ वटा पालिकामात्रै जित्न सफल भयौं । तर, पनि अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यस पटकको निर्वाचन समग्र रुपमा भन्दा नेपाली काँग्रेसले कम्युनिष्टको लाल किल्ला भत्काउन सफल भएको छ । अब बर्दियामा नेपाली काँग्रेस थप मजबुद भएको छ ।

सात वटा पालिका जित्ने आधार के थियो र ?

–२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले २ पालिकामा जित निकालेको थियो । अन्य पालिकामा काँग्रेस तेस्रो भएको अवस्था थियो । हामीले पार्टीलाई वडा स्तरसम्म लैजाने निर्णय गर्दै आम नागरिकका समस्या र त्यसका समाधानका विषयमा गम्भीर भएर लाग्यौं । कार्यकर्ता तथा नेताहरुमा अनुसाशनलाई कायम राख्यांै, साथै अन्य पार्टीका नेताले जितेका पालिकाको अवस्था त्यहाँका नागरिकको आर्थिक सामाजिक स्तरमा कुनै खासको परिवर्तन भएको देखिएको थिएन । मतदाताहरुले परिवर्तन चाहेका थिए । त्यसको परिणाम नै आज नेपाली काँग्रेस बर्दियाले ५ वटा स्थानीय तहमा जित निकल्न सफल भएको हो ।

सात वटा पालिका जित्ने आधार हुँदाहुँदै ५ वटा मात्रै किन जित्यो काँग्रेसले ?

–केन्द्रमा गठबन्धन भएको अवस्था थियो । नगरपालिका तथा गाँउपालिकाको हकमा बर्दियामा पनि गठबन्धन गरेर जाने भन्ने विषयमा छलफल भयो । तर, सही समयमा ठोस् निष्कर्ष निस्कन नसक्दा पनि स्वच्छ प्रतिस्पर्धा गर्ने र प्रतिगामीका उमेदवारलाई हराउने अभियानमा लागीयो । तर, हाम्रो पार्टीभित्र विगतको जनप्रतिनिधि भएपछि कुनै राम्रो काम नगरेकालाई दोहो¥याएर टिकट नदिएकै कारण बागी उमेदवार बने । केही स्थानमा निर्वाचनमा आफ्नै पार्टीका उमेदवारलाई हराउने अभियानमा लागी अन्तरघात गरेको कारण हामीले अपेक्षा गरेको ७ पालिका मध्ये ५ वटा पालिकामा मात्रै जित निकाल्न सफल भयौं ।

ती बागी उमेदवार तथा अन्तरघातीहरुलाई के गरियो त ?

–बागी उमेदवारलाई उमेदवारी फिर्ता लिने समय दिइयो । फिर्ता नलिएपछि प्रस्तावक समर्थक तथा उमेदवारलाई तत्काल पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरियो । भने अन्तरघातीहरुलाई निर्वाचन पश्चात कारबाही गरिएको हो ।

हामीले जहाँ जित निकाल्यौं त्यही केहि मतको मात्रै फरक भयो भने जहाँ हारियो त्यहाँ पनि झिनो मतले हार्नुपर्ने अवस्था भयो । किन यस्तो भएको भनेर हामीले निर्वाचनपछि समिक्षा ग¥यौं । त्यसको परिणाम के आयो भने जहाँ हारियो तथा जहाँ जितियो त्यहाँ पनि अन्तरघात भएको पाइयो । अन्तरघात गरिएको भन्ने उजुरी परेपछि समिक्षा साथै अनुसन्धान गर्दै जाँदा प्रमाणसहित फेला परेपछि कारबाही गरीएको हो ।

पार्टीको कारबाहीमा को–को परे ?

–नेपाली काँग्रेस पार्टीको आदर्श, मूल्यमान्यता, नीति, उद्देश्य तथा आचारसंहिता विरुद्धको कार्य गर्दै नेपाली काँग्रेस पार्टीको विधान उल्लङ्घन गरी प्रत्यक्ष रुपमा विरोध गरी पार्टीका आधिकारिक उम्मेदवारका विपक्षमा प्रचार–प्रसार गर्ने राजापुर नगरपालिबाट भोजराज जोशी र रमनकुमार रेग्मी, ठाकुरबाबा नगरपालिकाबाट मक्कुराम थारु र पर्ना थारु, गुलरिया नगरपालिकाबाट इन्द्रकुमार यादव, शोभाकान्त पौडेल र वीरबहादुर चौधरी, बढैयाताल गाँउपालिकाबाट गोपीप्रसाद पराजुलीलाई नेपाली काँग्रेस कृयाशील सदस्यहरुलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को दफा ३४ को ४ को उपदफा (ख) बमोजिम पार्टीको सदस्यबाट निलम्बन गरिएको छ । भने राजापुर नगरपालिकाबाट ५ जना, मधुवन नगरपालिकाबाट ५, गुलरिया नगरपालिकाबाट १७ जना, बढैयाताल गाँउपालिकाबाट ५ जना र बाँसगढी नगरपालिकाबाट २ जनासहित केन्द्रिय सदस्य गोपाल दहितलाई समेत नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को ३४ को ४ को उपदफा (ङ) बमोजिम स्पष्टिकरण सोधिएको छ ।

यो स्पष्टिकरण केन्द्रिय अनुसाशन समिति तथा अन्य नेताहरुसँग छलफल गरेरै सोधिएको हो । पार्टीको आधिकारीक उमेदवारका विरुद्धमा प्रचार–प्रसार गर्ने, बिधान उल्लङ्घन गर्ने गरेको प्रमाण भएकै कारण कारबाही र स्पष्टिकरण सोधिएको हो । विधान भित्रै रहेर वडा सदस्यदेखि केन्द्रिय सदस्यलाई मसेत कारबाही तथा स्पष्टिकरण सोधिएको हो, यो विधान भन्दा बाहिरको विषय होइन ।

यसरी स्थानीय नेतादेखि केन्द्रिय स्तरका नेतालाई कारबाही गर्ने तथा स्पष्टिकरण सोध्ने कार्य गर्दा भोली पार्टीलाई अप्ठेरो पर्ला नि ?

–नेपाली काँग्रेसको क्रियाशील सदस्य हुनका लागी केहि मापदण्ड पुरा गरेर आउनुपर्छ । पार्टीमा आइसकेपछि पार्टीको विधान अनुसार चल्नु पर्ने, विधान भन्दामाथि कोहि पनि छैन । तसर्थ विकानलाई नै नमान्ने मनपरी गर्ने हो भने त पार्टीको विधान किन चाहियो र ? किन अनुसाशन समिति चाहियो ? त्यसकारण विधान विपरित जानेलाई कारबाही गर्ने र स्पष्टिकरण सोध्ने कार्य गर्दैमा पार्टीलाई अप्ठेरो पर्ने होइन बरु पार्टी अझ बलियो र अनुशासीत रहन्छ । यसलाई नजिरको रुपमा हेरिएकोछ ।

कारबाही र स्पष्टिकरण गर्दा कुनै जातीमाथि पार्टीले अन्याय गरीरहेको छ भनेर चर्चा चुलियो नि ! के भन्नुहुन्छ ?

–नेपाली काँग्रेस जातीय पार्टी होइन यसमा सबैजना प्रष्ट हुनुपर्छ । सबै जातजातीहरुको छहारी हो । कसैलाई जातपातको आधारमा विभेद गरिदैन । यो कल्पना काँग्रेसले गर्दैन तसर्थ सबैलाई समान व्यवहार गर्ने नेपाली काँग्रेसले बर्दियामा थारु समुदायको बाहुल्यता रहको महसुस गर्दै केहि पालिका तथा वडा अध्यक्षहरुमा थारु समुदायलाई नै उमेदवार बनाइएको थियो । केहि पालिकामा प्रमुख तथा उपप्रमुखमा जित निकालिएको छ । मधेशी समुदायबाट पनि उमेदवार बनाइयो र जित निकालियो । अब आफै भन्नुहोस् कसरी अन्याय भयो ? कसलाई अन्याय र किन अन्याय गरियो ? नेपाली काँग्रेसले कसैलाई अन्याय गर्दैन, जातीय दृष्टिकोणले कसैलाई कारबाही गर्दैन । तर, विधान अनुसार चल्नुहोस् । विधानलाई मिच्ने काम भएको खण्डमा पार्टीभिको जो पनि कारबाहीमा पर्न सक्छ । यो त देखिएकै विषय हो । त्यसकारण नेपाली काँग्रेस बर्दियालाई उज्यालो ल्याउने राधाकृष्ण थारुको योगदानले आज काँग्रेसले पाएको सफलताले रन्थनिएका केहि व्यक्तिहरुले भुक्दैमा पार्टीमा केहि असर पर्दैन । र, यो गलत प्रचारले हामीलाई होइन जसले गरिरहेको छ त्यसलाई नै घाटा हुन्छ । विधान मिच्ने काम जसले गर्छ त्यो कारबाहीमा पर्छ । पार्टीको विधान भन्दा माथि कोहि पनि छैन, प्रष्ट हुनुहोस् ।

त्यसो भए जातीयरुपमा कारबाही गरियो भन्ने विषय गलत हुन् ?

–हो त्यो सरासर गलत हो । सामाजिक सञ्जाल होस् वा कुनै कसैद्वारा सञ्चालित सञ्चार माध्यममा आएका विषय होस् । कारबाही र स्पष्टिकरणका विषयमा अतिरञ्जित पार्न आएका गलत सूचनालाई गलत भन्नै पर्छ । सहि हो भनेर म भन्दैन । पार्टीको अनुशासनमा चल्नेकी नचल्ने । जसले जे मन लाग्यो त्यहि गरेर हुन्छ ? पार्टीको विधान नमान्ने अनि पार्टीको नेता हुँ भन्ने त्यस्तो कहि हुदैन । विधान मिच्ने, निर्वाचनको समयमा अन्तरघात गर्ने, आफनै पार्टीका उमेदवारलाई हराउनका लागी अन्य पार्टीसँग सम्झौता गर्ने, त्यस्तो पनि हुन्छ । अनि यस्तो अवस्थामा पार्टीले हेरेर बस्ने ? यो त छाडा भैहाल्यो नि । हो त्यसकारण पार्टीको विधानमा हिँड्नुप¥यो । विद्यानका विरुद्धमा जो जान्छ त्यो कारबाहीको भागीदार बन्छ । त्यसमा जातीयताको आधारमा छुट हुदै हुदैन ।