चट्याङ लागेर राप्तीसोनारीमा ६ वर्षीय बालकको मृत्यु


चट्याङ लागेर राप्तीसोनारीमा ६ वर्षीय बालकको मृत्यु

राप्तीसोनारी (बाँके) १४ असार : बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

राप्तीसोनारी–३ नारायणपुरका नरेश थारुका ६ वर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाईते भएका थिए ।

भेरी अस्पतालमा उपचारका क्रममा अभिषेकको मृत्यु भएको राप्तीसोनारीका स्थानीय पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

अभिषेकसँगै रहेका सोही ठाउँका २२ वर्षीय युवक ईश्वरी ओली पनि घाईते भएकाछन् । ओलीको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भईरहेको छ ।

चट्याङ लागेर अभिषेकको कपडा झिला–झिला भएको थियो । पत्रकार चौधरीले भने –‘जिउ भरि निल डाम बसेको र अवस्था गम्भीर देखेर भेरी अस्पताल नेपालगन्ज पठायौं, करिब साढे ८ बजेतिर उपचारको क्रममा बालकको मृत्यु भएको खबर पायौं ।’

अभिषेकसँगै घाईते भएका ओलीको अवस्था भने सामान्य रहेको र उनलाई आफैले राप्तीसोनारी अस्पतालमा लगेर उपचार गराईरहेको पत्रकार चौधरीले बताए ।

मृतक बालक, एक्लो शन्तान रहेको र उनका बुवा नरेश रोपाई सकेर ४ दिन अघि मात्र रोजगारीका लागि भारत गएको बताईएको छ ।