इट्टा भट्टाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु


इट्टा भट्टाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु

नेपालगन्ज १७ असार : बाँकेमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर–६ हिरमिनियाका लच्छु प्रसाद बर्माका १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित इट्टा भट्टाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बिहीवार दिउँसो नुहाउन गएका बालक धेरै बेरसम्म पोखरीबाट ननिस्केपछि उनको साथमा गएका साथीहरुले घरमा खबर गरेका थिए ।

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पोखरीमा खोजी गर्दा बिहीवार अबेर राती शव भेटिएको प्रहरीले जनाएको छ ।