वर्षातको पानी निकास गराउने बहानामा घर भत्काइयो


वर्षातको पानी निकास गराउने बहानामा घर भत्काइयो

नेपालन्ज २१ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ को बिर्ता गाउँका खाँले ईटा भट्टाले वर्षातमा जमेको पानी खोल्दा आफ्नो घर भत्काएको बताएका हुन् ।

डुडुवा गाउँपालिका–३ मा रहेको नाइम ईटा भट्टा उद्योगले वर्षातमा जमेको पानी निकास गराउने बहानामा आफनै नीजि जमिनमा निमार्ण गरिएको घर भत्काएको दावि गरे ।

नेपालगन्जको फुल्टेक्रा–बेतहनी सडकको बिर्ता गाउँस्थित उत्तरतर्फ आरिफले हालै आफ्नो जमिनमा घर निर्माण गरेका थिए ।

खाँले भने–‘नाइम ईटा भट्टाका मालिकले दादागिरी शैलीमा नगरप्रहरीको सहायता लिएर मेरो घर भत्काउँदै वर्षातको पानी निकास गरे ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले अगाडी थपे–‘पानी निकासको बहानामा ब्यक्तिगत जमिनमा बनेको घर भत्काइयो । यो कहाँको न्याय हो । मनपरि खन्दा आफ्नोसहित छिमेकीले रोपेको धान बाली र ब्याड समेत नष्ट भयो ।’ खाँले दोषीलाई कारबाही गरि क्षतिपूर्तीको समेत माग गरेकाछन् ।

स्थानीयबासी अक्लिम खाँले वर्षातमा जमेको पानी निकास गर्ने भन्दै ब्यक्तिगत जमिनमा बनेको घर क्षती हुने गरि गरिएको कार्य निन्दनीय छ । उनले अगाडी थपे–‘घर भत्केसंगै आरिफको उठिबास लागेकोछ । वर्षातको समय छ । अब उनी कहाँ बस्ने । यो सरासर गलत हो ।’

अक्लिमका अनुसार आरिफले निर्माण गरेको घर भत्काएर पानी निकास गरिएको हो ।

वर्षातको पानी जमेपछि आरिफमाथि प्रतिसोध साँध्नेगरि नाइम ईटा भट्टा उद्योगका मालिकले आरिफलाई पटकपटक धम्कि दिने र विवाद गर्ने गरेको स्थानीयबासी अक्लिम बताउँछन् ।

आरिफ र नाइम ईटा भट्टा उद्योगबीच बढ्दै गएको विवाद नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा समेत पुगेको थियो । तर, न्यायिक समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले समेत एकोहोरो निर्णय गरि आरिफमाथि अन्याय गरेको अक्लिमको दावि छ ।