File Photo
नेपालगन्ज २ असार : सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ ।
पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।
प्रहरीका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी छिन् ।
घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगएिको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।