बाँकेमा फरार प्रतिबादी फक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्युरो सक्रिय

हत्या र बलात्कार घटनाका दुई प्रतिवादी पक्राउ


बाँकेमा फरार प्रतिबादी फक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्युरो सक्रिय

नेपालगन्ज २२ असार : बाँकेबाट हत्या र बलात्कार घटनाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–६ कसाईंटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र ३४ वर्षीय जोहरू भाट छन् ।

अच्छन अलिले आफ्नै श्रीमतीलाई ०७५ असार ३१ गते दाइजो कम ल्याएको भन्दै टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनको ०७५ साउन २१ मा भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी, जोहरू भाटसहित दुई जनाले जनाले ०७० भदौ ७ गते बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक बलात्कार गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई बलात्कार मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।