वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु


वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

File Photo

नेपालगन्ज २६ असार : वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु भएको जनाएको छ । एक बेपत्ता र २७१ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरोमा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौजनाको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् । ६६ करोड ५९ लाखभन्दा बढीको क्षति भएको छ । -रासस