मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु


मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु

File Photo

नेपालगन्ज २६ असार : मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु भएकोछ ।

नेपालन्जको बालेगाउँस्थित मेरो प्लानेटको स्विमिङ्ग पुलमा पौडी खेल्नेक्रममा ती किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

‘स्विमिङ्ग पुलमा पौडी खेल्नेक्रममा ती किशोरको डुबेर मृत्यु भएको हो । उनीसंगैका अन्य साथी भागेकाछन् ।’ बाँके प्रहरीले भन्यो–‘स्विमिङ्ग पुलमा ती किशोरको डुबेर मृत्यु भएको हो वा अन्य के हो प्रहरीले अनुसन्धान अगाडी बढाएकोछ ।’

स्विमिङ्ग पुलमा डुबेर मृत्यु हुने किशोर नेपालगन्जकै भएको बताइएपनि उनको पहिचान हुन सकेको छैन ।

फनपार्कले स्विमिङ्ग पुल बनाउने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा सुरक्षा जोखिम बढेको हो ।

फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् । पैसा कमाउन खोज्ने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा जोखिमसंगै दुर्घटना हुने गरेकोछ ।