बाल यौन दुरचारी अनिस पक्राउ


बाल यौन दुरचारी अनिस पक्राउ

नेपालगन्ज २७ असार : बाँके प्रहरीले बाल यौन दुरचारका फरार प्रतिबादी अनिस नाउलाई पक्राउ गरेकोछ ।

२०७८ कार्तिक ३० गतेको बाँके जिल्ला अदालतले बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ बस्ने अनिसलाई बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिनको कैदको फैसला गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

३३ वर्षीय अनिस अदालतको फैसलासंगै फरार रहेका थिए । हालसम्म फरार रहेका अनिसलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका अनिसलाई प्रहरीले बाँके जिल्ला अदालतमा बुझाईएको ।