कोहलपुरबाट करिब साढे २ ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रण


कोहलपुरबाट करिब साढे २ ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रण

नेपालगन्ज २८ असार : पछिल्लो समय लागुऔषध सेवनकर्ता र कारोबार बढ्दै गएको बाँकेको कोहलपुरमा प्रहरीले सक्रियता देखाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लको सक्रियता बढेसंगै लागुऔषध कारोबारी धमाधम पक्राउ हुन थालेका हुन् ।

लागुऔषध विरुद्ध खरोरुपमा उत्रिएका डिएसपी मल्लले कोहलपुर क्षेत्रमा लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता निस्तेज पार्न लागिपरेकाछन् । केही समयअघि कोहलपुर क्षेत्रका नामुद लागुऔषध कारोबारी पक्राउ गरि चर्चा बटुलिरहेका डिएसपी मल्लले ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएकाछन् ।

लागुऔषध तथा अपराधविरुद्ध खरोरुपमा उत्रिएका मल्लले कोहलपुर नगरपालिकाको विभिन्न क्षेत्रबाट करिब साढे २ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर–८ पिपिरी सितलनगरकी खगीसरा सुनार र कोहलपुर नगरपालिका वडा नम्बर–१ कौशिलानगरका जिवन लामिछाने रहेकाछन् । प्रहरीले लामिछानेलाई आईतबार र सुनारलाई सोमबार साँझ ४ बजे नियन्त्रणमा लिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– ८ पिपिरी सितलनगर स्थित खगीसरा सुनारको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक गोपालकुमार मल्लको कमाण्डमा खटेको प्रहरी टोलीले खगीसरालाई आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा फेला पारेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

शंकास्पदरुपमा फेला परेकी खगीसरा र कोठा तलासी गर्दा उनको कोठाको ¥याकमा राखेको बुट्टे कपमा लुकाई राखेको ९ वटा हरियो पलाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर फेला पारेको हो ।
डिजिटल मेसिनमा राखी तौल गर्दा प्लाष्टिकसहित एक ग्राम २० मिलीग्राम र प्लाष्टिक हटाइ तौल गर्द ५२० मिलिग्राम ब्राउनसुगर फेला परेको डिएसपी मल्लले जानकारी दिए ।

यस्तै आईतबार कोहलपुर नगरपालिका वडा नम्बर–१ कौशिलानगर बस्ने अन्दाजी २६ वर्षिय जिवन लामिछानेले बैजनाथ गाउँपालिका वडा नम्बर–४ नौलपुर स्थित आफ्नो ससुराली छली कुमारी पुन मगरको घरको कोठामा लागुऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको हो ।

प्रहरीले जिवन बसेको कोठामा लुकाई राखेको २३ वटा प्लाष्टिकको पुडियामा रहेको ब्राउनसुगर प्लाष्टिकसहित तौल गर्दा २ ग्राम ८० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा एक ग्राम ९५० मिलीग्राम लागुऔषध फेला परेकोछ ।
सुनार र लामिछानेका साथबाट बरामद भएको ब्राउनसुगर करिब साढे २ ग्राम रहेको प्रहरीले जनाएकोछ ।