६ ग्राम ब्राउन सुगरसहित राँझाबाट पुरैनीका लोनिया पक्राउ


६ ग्राम ब्राउन सुगरसहित राँझाबाट पुरैनीका लोनिया पक्राउ

कोहलपुर ३१ असार : ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मनिकापुर स्थित राँझा देखी कण्ठिपुर जाने सडक बाटोमा ६ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

पक्राऊ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२२ पुरैनीका ३२ वर्षिय भगवन्त लोनिया रहेका छन् ।

डिएसपी मल्लका अनुसार, बिहीबार कण्ठीपुरबाट राँझा चोकतर्फ आउँदै गरेको भे १२ प ३०१९ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक लोनियाले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला परेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उनको साथबाट वारदातमा प्रयोग गरेको भे१२ ३०१९ नम्बरको मोटरसाईकल थान १, साथमा रहेको भिभो कम्पनीको मोवाईल सेट १ थान, इन्टेल कम्पनीको सादा मोवाईल सेट १ थान बरामद गरिएको छ ।

लोनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले जानकारी दिए ।