नेपालगन्ज १ साउन : बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकीछन् ।
ती ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।