नेपालगन्ज २ साउन : बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर– १५ का ३२ वर्षीय अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते ९ वर्ष २१ दिनको कैद सजाय सुनाएको थियो ।
त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर– १० का सुदीपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो ।
फैसला हुँदादेखि नै फरार रहेका दुवै जनालाई बाँके प्रहरीले सोमबार पक्राउ गरेर जिल्ला अदालत बाँके समक्ष बुझाएको छ ।