पाल्पा ९ साउन : पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ ।
बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नम्बर ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
आईतबार साँझ करिब ५ बजे बस दुर्घटना भएको हो । बस सडकदेखि करिब ६० मिटर तल बस खसेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । सो सडकखण्डमा पटक–पटक सवारी साधन दुर्घटना हुने गरेको छ । -रासस
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी