गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी


गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी

नेपालगन्ज १० साउन : बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुतिरहेको अवस्थामा मृत फेलापरेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने ।

Kids Festival 2022
kanti aarogya hospital

उनले घटना शंकास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

यसैबीच, मृत अवस्थामा भेटिएका गडरिया दम्पतीको घटनाको रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्ल स्वयम गडरिया मृत्यु घटनाको अनुसन्धानमा खटेकाछन् । उनले गडरिया मृत्युको सुराक खोजिरहेकाछन् ।

‘आफ्नै घरमा मृत अवस्थामा भेटिएका गडरिया दम्पतीको घटना शंकास्पद छ । घटनाको अनुसन्धान सुक्ष्मरुपमा अघि बढेकोछ’ सेतोखरीसंग कुरा गर्दै डिएसपी मल्लले भने–‘गडरिया दम्पतीको मृत्युको रहस्य पत्ता लगाउन सुराक खोजिरहेका छौं । यसका लागि छुट्टै एउटा प्रहरीको टोलीले अनुसन्धान गरिरहेकोछ ।’

प्रहरीले घटनालाई दुई धारमा राखेर सुक्ष्म अनुसन्धान अघि बढाएकोछ । एउटा हत्या र अर्को आत्महत्या । यद्यपी शव परीक्षण पश्चात आउने रिर्पोटले घटनाको बास्तविकता थाहा हुनेछ ।

डिएसपी मल्लले भने–‘घटना स्थल आसपासको क्षेत्रमा सन्दिग्धमाथि प्रहरीले निगरानी बढाएकोछ । प्रहरीले छिटै घटनाको सत्यतथ्य बाहिर ल्याउँछ ।’