नेपालगन्ज १४ साउन : एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न कारणले ५१ वन्यजन्तुको मृत्यु भएकोमा ४० वन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।
उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी दिए । ‘अधिकांश बाँदरको सडक दुर्घटनामा परि ज्यान गएको छ,’ उनले भने ।
गत आवमा ४३ वन्यजन्तुको उद्दार गरि पुनस्र्थापना गरिएको थापाले बताए । उनले एक वर्षमा १३ वटा चित्तलको उद्धार गरि निकुञ्ज क्षेत्रमा पुनस्र्थापना गरिएको जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका अनुसार एक वर्षमा १३ वटा अजिंगर सर्पको उद्धार गरिएको छ । ‘उद्धार गरि पुनस्र्थापना गरिएका अजिंगर सर्प मध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरि निकुञ्ज क्षेत्रभित्र पुनस्र्थापना गरिन्छ ।’
उनले सात वटा अन्य प्रजातीका सर्पको पनि उद्धार गरि निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेत लगायत जातका सर्पको उद्धार गरिएको उनको भनाई छ ।
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ