बाँके निकुञ्ज : एक वर्षमा सडक दुर्घटनामा मरे ४० वन्यजन्तु


बाँके निकुञ्ज : एक वर्षमा सडक दुर्घटनामा मरे ४० वन्यजन्तु

नेपालगन्ज १४ साउन : एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न कारणले ५१ वन्यजन्तुको मृत्यु भएकोमा ४० वन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।

उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी दिए । ‘अधिकांश बाँदरको सडक दुर्घटनामा परि ज्यान गएको छ,’ उनले भने ।

गत आवमा ४३ वन्यजन्तुको उद्दार गरि पुनस्र्थापना गरिएको थापाले बताए । उनले एक वर्षमा १३ वटा चित्तलको उद्धार गरि निकुञ्ज क्षेत्रमा पुनस्र्थापना गरिएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके राष्ट्रिय निकुञ्जका अनुसार एक वर्षमा १३ वटा अजिंगर सर्पको उद्धार गरिएको छ । ‘उद्धार गरि पुनस्र्थापना गरिएका अजिंगर सर्प मध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरि निकुञ्ज क्षेत्रभित्र पुनस्र्थापना गरिन्छ ।’

उनले सात वटा अन्य प्रजातीका सर्पको पनि उद्धार गरि निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेत लगायत जातका सर्पको उद्धार गरिएको उनको भनाई छ ।