ब्राउन सुगरसहित कोहलपुरका २ जना पक्राउ


ब्राउन सुगरसहित कोहलपुरका २ जना पक्राउ

नेपालगन्ज १८ साउन : नेपालगन्ज नाकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढथापा ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा तीन वटा पुरिया बनाई लुकाएर ब्राउनसुगर ल्याएका थिए ।

नेपालगन्ज नाकामा रहेको लागुऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएकोछ ।