नेपालगन्जमा आकस्मिक अवतरण, चालक दलसहित ७९ जना यात्रु सकुसल
File Photo
नेपालगन्ज १९ साउन : नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनमा एक्कासी धुवाँ देखिएपछि आकस्मिक अवतरण गराइएको थियो ।
नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको श्री एयरलान्स नेपालगन्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।
उक्त जहाज नेपालगन्ज बिमानस्थलबाट उडेको करीब ७ मिनेटमै आकस्मिक अवतरण गरिएको उनले बताए ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगन्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।
उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । भने चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज पुनः नेपालगन्ज विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।
जहाज अहिले नेपालगन्ज बिमानस्थलमा राखिएको छ । काठमाडौबाट प्राबिधिक सहितको टोली आएर चेकजाँच गरेपछि मात्र कारण पत्ता लाग्ने श्री एयरका नेपालगन्ज स्टेशन इन्चार्ज चौधरीले बताए । काठमाण्डौंबाट आउने प्राविधिक सहतिको टोलीले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको विमानस्थल स्रोतले बताएको छ ।