नाइट्रोजन ट्याब्लेटसहित नेपालगन्जबाट दुई जना पक्राउ


नाइट्रोजन ट्याब्लेटसहित नेपालगन्जबाट दुई जना पक्राउ

नेपालगन्ज १९ साउन : भारतबाट ठूलो मात्रामा लागुऔषध नाइट्रोजन ट्याब्लेट बोकेर आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोटका गोविन्द नेपाली र विनोद रावललाई तीन सय पिस नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेका हुन् ।

रा १ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार नेपालीको साथबाट ट्याब्लेट बरामद भएको थियो । मोटरसाइकल रावलले चलाएका थिए ।

सीमावर्ती भारतीय शहर रुपैडिहामा सहजै पाइने नाइट्रोजन ट्याब्लेटलगायत लागुऔषध लिन बाँकेसहित आसपासका जिल्लाका युवाहरु आउने गरेको प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि बुधबार कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढ थापालाई ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।

भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा तीन वटा पुरिया बनाई लुकाएर ब्राउनसुगर ल्याएका थिए ।