३ वर्षीय छोराको हत्या गर्ने पिता कोहलपुरबाट पक्राउ


३ वर्षीय छोराको हत्या गर्ने पिता कोहलपुरबाट पक्राउ

नेपालगन्ज २३ साउन : ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबु (बुवा) पक्राउ परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

बैतडी घर भई हाल बाँसगढी बस्दै आएका डम्बरबहादुरले यही साउन १६ गते घरबाट ३ वर्षीय छोरालाई संगै लिएर फरार भएका थिए ।

आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरालाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

बोहरा पक्राउ परेपछि नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले जनाएकोछ । प्रहरी हिरासतमा रहेका बोहरामाथि अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको बर्दियाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताएकाछन् ।