बर्दियाको हुलाकी सडकमा मोटरसाइकल दुर्घटनाः एकको मत्यु, एक गम्भीर घाइते


बर्दियाको हुलाकी सडकमा मोटरसाइकल दुर्घटनाः एकको मत्यु, एक गम्भीर घाइते

गुलरिया (बर्दिया) २४ साउन : बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

बर्दियाको गुलरिया–भुरिगाँउ हुलाकी सडक खण्डको मधुवन नगरपालिका वडा नम्बर– ४ मख्खन चोक नजिकै तिव्र गतिमा रहेको भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २७ वर्षिय सोनिया थारुको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते सोनियाको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादैँ गर्दा मृत्यु भएको हो भने मोटरसाइकल चालक ३० वर्षिय सुनिल चौधरी गम्भीर घाईते भएकाछन् ।

मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका सुनिलको नेपालगन्जमा उपचार भैरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।