कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु


कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

नेपालगन्ज २७ साउन : कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो ।

भिरबाट लडेर एक जना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछाने भिरबाट खसेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ ।

टाउकोमा चोट लागेका विष्टको नेपालगन्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । -रासस