पक्राउ परे नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता धामी


पक्राउ परे नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता धामी

नेपालगन्ज १ भदौ :राजश्व अनुसन्धान कार्यालयका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा टंक धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता समेत रहेका धामीलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो ।

नेपालगन्जको घरबारीटोलस्थित मष्टा लक्ष्मी ट्रेडर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नासु बाबुराम पन्थीलाई केही व्यापारीले दुव्र्यवहार गरेका थिए ।

ती व्यापारीका विरुद्धमा अभद्र व्यवहारमा जाहेरी गरेपछि प्रहरीले धामीलाई नियन्त्रणमा लिएको हो । भने अन्य दुई जना फरार छन् ।

Kids Festival 2022
kanti aarogya hospital

हालै सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवम डीएसपी रामप्रसाद घर्तीमगरले संघका प्रवक्ता धामीलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार, तीन जना व्यापारीविरुद्ध जाहेरी परेकोमा धामी प्रहरी नियन्त्रणमा रहेका छन् । भने अन्य दुई जनाको खोजी भइरहेको छ ।

अनुचित लाभ लिने उद्देश्यले छापा मारेको आरोप लगाएका व्यापारीले नासु पन्थीको कठालो समातेर लछारपछार गरेका थिए । नासुमाथि लछारपछार र अभद्र ब्यवहार गरिएपछि जाहेरी पश्चात प्रहरीले घरबारी टोलमा रहेको मष्टा लक्ष्मी ट्रेडर्स लिंकमा पुगेर धामीलाई नियन्त्रणमा लिएको थियो ।

संघका प्रवक्ता धामी पक्राउ परेपछि नेपालगन्ज उद्योग बाणिज्य संघले चासो लिएको छ ।