नेपालगन्ज २ भदौ : बाँकेमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको चिसापानीमा रहेको छात्राबासमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
बैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्राबासको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो’ डिएसपी मल्लले भने–‘बैश्यको सवसंगै ‘सुइसाइड नोट’ भेटिएकाले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।’
बैश्यको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । र, घटनाबारे अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश