‘सुइसाइड नोट’ सहित मेडिकल कलेजका विद्यार्थी झुण्डिएको अवस्थामा भेटिए


‘सुइसाइड नोट’ सहित मेडिकल कलेजका विद्यार्थी झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज २ भदौ : बाँकेमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको चिसापानीमा रहेको छात्राबासमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

बैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्राबासको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो’ डिएसपी मल्लले भने–‘बैश्यको सवसंगै ‘सुइसाइड नोट’ भेटिएकाले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।’

Kids Festival 2022
kanti aarogya hospital

बैश्यको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । र, घटनाबारे अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।