रोहन यतिको जहाजबाट ब्राउनसुगर लिएर काठमाण्डौं जादै थिए
नेपालगन्ज ४ भदौ : नेपालगन्जबाट काठमाण्डौं लैजान तयारी अवस्थामा रहेको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिइएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको हो ।
नेपालगन्जबाट काठमाण्डौं जाने विमानबाट लागुऔषध ब्राउनसुगर लैजना लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई नेपालगन्ज विमानस्थलबाटै नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका वडा नम्बर–११ बस्ने २५ वर्षिय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्न सफल भएको बाँके प्रहरीले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रोहनलाई शनिबार दिउँसो सवा २ बजे नियन्त्रणमा लिइएको हो । उनी नेपालगन्जबाट काठमाण्डौं यति एयरको जहाजबाट जाँदै थिए ।
दुई वटा प्लाष्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडी बढाइएको बाँके प्रहरीले बताएकोछ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश