अदालतको आदेश लत्याउँदै बढैयाताल गाउँपालिका : शर्मामाथि चरम श्रमशोषण, १४ महिनाको तलब दिन मानेन


अदालतको आदेश लत्याउँदै बढैयाताल गाउँपालिका : शर्मामाथि चरम श्रमशोषण, १४ महिनाको तलब दिन मानेन

बर्दिया ६ भदौ : श्रम गरेपछि त्यसको पारीश्रमिक पनि पाउनु पर्छ, यो सामन्य कुरा हो । तर, बर्दियामा यस्तो पालिका छ जसले १४ महिनाको कर्मचारीको तलब रोकेर राखेको छ । त्यति मात्र होइन अदालतको आदेशलाई समेत लत्याउँदै अगाडी बढिरेको ।

प्रसंग हो बर्दियाको बढैयाताल गाँउपालिकाको उधम विकास सहजकर्ताको पदमा कार्यरत पुष्पा शर्माको भत्ताको त कुरै छोडौं उनले पाउनुपर्ने १४ महिनाको पारीश्रमिक गाँउपालिकाले दिएको छैन ।

अझ अचम्म त के छ भने पीडित कर्मचारीले तलब पाउँ भनि कार्यालयमा माग गरेपनि बेवास्ता गरेपछि अदालत गएकी शर्माले अदालतले समेत उनले पाउनु पर्ने पारीश्रमिक दिनु भन्दा पनि गाँउपालिकाले अटेर गरेको हो ।

गाउँपालिकाको यस्तो खालको रबैयाले गर्दा पीडित मात्र होइन गाउँबासी समेत अचम्ममा परेका छन् । बढैयाताल गाँउपालिका वडा नम्बर–३ निवासी पुष्पा शर्माले २०७७ साल पौष १ गतेदेखि २०७८ साल असार मसान्तसम्मको लागी गरिबी निवारण लगुउद्यम विकास कार्यक्रमबाट भुक्तानी पाउने गरी उद्यम विकास सहजकर्ता चौथो तहको पदको नियुक्ती पाएकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले २०७८ असार मसान्तसम्मको तलब पाएको त्यसपछि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै गर्नु तलव तपाईको खातामा आउँछ भनेपछि मौखिक भनाईमा रहेर शर्माले २०७८ साल असारदेखि २०७९ साउनसम्मको तलव पारीश्रमिक नपाएकी हुन् ।

उनले पारीश्रमिक नपाएपछि कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गर्ने भएका कारण आफु बाध्य भएर पारीश्रमिक माग गर्दै अदालतको ढोका ढकढक्याउन पुगेकी बताइन् । २०७८ साल चैत्र २० गते उच्च अदालत तुल्सिपुर, नेपालगन्ज ईजलासमा दर्ता भएको मुद्दामा गत असार ३१ गते शर्माको पक्षमा फैसला भएको थियो । सम्मानित उच्च अदालतको परमादेशको समेत गाउँपालिकाले अबज्ञा गरेको छ ।

अदालतले शर्माले पाउनु पर्ने पारीश्रमिक तत्काल उपलव्ध गराउन पालिकालाई आदेश दिएपछि पालिकाले कानमा तेल हालेर बसेको हो । पालिका प्रमुख हिमालय त्रिपाठीले यो विषयमा आफुलाई थाहा नभएको भन्दै पन्छिएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले कुनै चासो दिएका छैनन् ।

स्रोतका अनुसार कर्मचारीले पाउनुपर्ने तलव लेखा अधिकृत नारायणराज त्रिपाठी तथा कार्यालय प्रमुखले हिनामिना गरेको बुझिएको छ । अदालतबाट आदेश आउँदासमेत कर्मचारीले पाउनु पर्ने तलव नदिनु गाउँपालिका प्रमुख हिमालय, प्रमुख प्रशासकीय अधिकृत न्यौपाने तथा लेखा अधिकृत त्रिपाठीको नियत ठिक नभएको गाउँपालिकाकै कर्मचारीको बुझाइ रहेकोछ ।

गाँउपालिकाले अदालतको आदेशलाई समेत लत्याउँदै मनोमानिरुपमा अघि बढेको हो । अदालतको आदेशलाई लत्याउने गाँउपालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले यथाशिघ्र कारबाही गरिनुपर्ने भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् ।

पछिल्लो पटक बढैयाताल गाँउपालिका भ्रष्टाचारको अखडा बन्दै गएको यो घटनाले पुष्टि गर्छ । लेखा अधिकृत नारायणराज त्रिपाठीले आफु निकटका व्यक्ति तथा सत्ता र शक्तीको आडमा प्रमुख प्रशासकीय अधिकृतसंग मिलेर रकम बाडँफाँड गर्ने गरेको समेत गाउँपालिकाका कर्मचारी र पालिका सदस्य बताउँछ ।