सिग्नेट होटलको रुम नं. ५०८ मा बसेका न्यौपानेको मृत्यु


सिग्नेट होटलको रुम नं. ५०८ मा बसेका न्यौपानेको मृत्यु

File Photo

नेपालगन्ज १२ भदौ : नेपालगन्ज सुर्खेतरोडमा रहेको सिग्नेट होटलमा एकजनाको शंकास्पद मृत्यु भएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनाको पुष्टि गरे ।

डिएसपी घर्तीमगरका अनुसार चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर–१० निवासी २६ वर्षीय सुवास न्यौपानेको मृत्यु भएको हो ।

सिग्नेट होटलको रुम नम्बर ५०८ बसेका न्यौपाने सुतेको बेला एक्कासी बेहोस भएपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको डिएसपी घर्तीमगरले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

डिएसपी घर्तीमगरका अनुसार घटना हिजो शनिबार राती करिब ११ः४५ बजेको हो । साथी राजेन्द्र ढकालसंगै सिग्नेट होटलमा सुतेका न्यौपाने एक्कासी बेहोस भएका थिए । बेहोस भएका न्यौपानेलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको बाँके प्रहरीले बताएकोछ ।

‘न्यौपानेको मृत्यु शंकास्पद देखिएन्’ डिएसपी घर्तीमगरले भने–‘न्यौपानेको शव नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा राखिएकोछ । पोष्टमार्टम रिर्पोट आएपछि घटनाको रहस्य खुल्छ।’

न्यौपानेको मृत्यु भएलगत्तै भरतपुर महानगरपालिकामा रहेका उनका परिवारलाई खबर गरे भन्दै घटनाको अनुसन्धान अघि बढाएको उनले जानकारी दिए । प्रहरीका अनुसार मृतक न्यौपाने र राजेन्द्र हिजो नै सुदूरपश्चिमका बैतडी र कञ्चनपुर जिल्ला हुदैँ नेपालगन्ज आइपुगेका थिए ।