तीजको नाचगान गरिरहेको स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु


तीजको नाचगान गरिरहेको स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु

नेपालगन्ज १५ भदौ : गए राति चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर–१२ को गुरौँ गाउँको साल्डाडामा तीजको नाचगान गरिरहेको स्थानमा गए राति करिब साढे १२ बजेतिर चट्याङ लागेर सोही ठाउँका १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिशा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

घटनामा परी १२ जना घाइते भएको र तीमध्ये गम्भीर भएका दुई जनालाई उपचारका लागि अस्पताल ल्याइएको दाङ प्रहरीले बताएको छ । घटनास्थल रोल्पाको सीमा नजिक रहेको र अत्यन्तै विकट क्षेत्र रहेकाले सूचना प्राप्त गर्न कठिन भएको प्रहरीले जनाएकोछ ।

प्रहरीका अनुसार घटना भएको स्थान विकट भएकाले बिहान मात्र जानकारी आएको र प्रहरी र वडाअध्यक्ष बिहानै घटनास्थलतर्फ गएका छन् ।