नेपालगन्ज १५ भदौ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पठानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ‘, उनले भने,‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’ -रासस
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम