तीजको नाच हेर्नेक्रममा दुई समूहबीच झडप, एकजनाको मृत्यु


तीजको नाच हेर्नेक्रममा दुई समूहबीच झडप, एकजनाको मृत्यु

नेपालगन्ज १५ भदौ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पठानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ‘, उनले भने,‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’ -रासस