नरैनापुरमा विशेष प्याकेज ल्याउने अर्थमन्त्री शर्माले दिए आश्वासन


नरैनापुरमा विशेष प्याकेज ल्याउने अर्थमन्त्री शर्माले दिए आश्वासन

नेपालगन्ज १६ भदौ : अर्थमन्त्री जनार्दन शर्माले बाँकेको नरैनापुरमा विशेष प्याकेज ल्याउने आश्वासन दिएकाछन् ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहीबार बिहान नेपालगन्ज मन्त्री शर्मा पुगेका थिए । सोक्रममा मन्त्री शर्मालाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरे ।

स्वागतसंगै मन्त्री अथकले नरैनापुर क्षेत्रको अवस्था बुझ्ने क्रममा विशेष प्याकेज ल्याउने आश्वासन दिएका हुन् ।

अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउँदै तत्काल नरैनापुरका ६ वटै वडामा डिप बोरिङको व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

अर्थमन्त्री शर्माले भारतीय सीमासँग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रिय सरकारबाट पहल गरिने बताउँदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने आश्वासन दिए ।

पर्याप्त पानी नपरेपछि यस वर्ष नरैनापुर क्षेत्रमा सुख्खा(खडेरी) परेकोछ । पालिकाले सुख्खा क्षेत्र घोषणा गरिसकेकाले अध्यक्ष शाहले अर्थमन्त्री शर्मासँग प्रदेश र संघीय सरकारले कुनै चासो नदेखाएको गुनासो पोखेका थिए ।

प्रर्याप्त वर्षा नभएकै कारण नरैनापुरमा खडेरी हुँदा सो क्षेत्रमा लगाइएको धानबाली नस्ट हुने अवस्थामा पुगेकोछ ।

थप समाचार

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

आकाशे पानीको भर पर्दा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाई

सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने

सुख्खाग्रस्त नरैनापुरका किसानलाई मन्त्री अथकको आश्वासन ‘तत्काल राहतको व्यवस्था गराउँछु’