भारतको बाराबंकीमा रोकीराखेको बसलाई ट्रकले ठक्कर दिदाँ चार नेपालीको मृत्यु


भारतको बाराबंकीमा रोकीराखेको बसलाई ट्रकले ठक्कर दिदाँ चार नेपालीको मृत्यु

भारत, उत्तर प्रदेशको बाराबंकीमा दुर्घटनामा परेको यात्रुबाहक बस ।

नेपालगन्ज १८ भदौ : भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ ।

भारत, उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान करिब ३ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीको छोरा चक्रबहादुर ओलीको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै बहचाईचका पत्रकार नबी अहमदले जानकारी दिए । अर्का एक जनाको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी दुई दर्जन घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको भारतीय प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई उपचारका लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको छ, भने गम्भिर घाइते ६ जनाको लखनउस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । युपी ९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे उक्त बसमा बसमा १५० यात्रु सवार रहेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

बसमा सवार सबै नेपाली हुन् । उनीहरु कामका लागि भारत जादै थिए । भारतीय प्रहरीका अनुसार टायर पन्चर भएर रोकिराखेको उक्त बसलाई तिब्र गतिमा गुडेको सोही दिशाबाट आइरहेको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको थियो ।