भवन उद्घाटन गर्न हनुमानगढी पुगेका मन्त्री मो. ईश्तियाक राईलाई युवाले लखेटे


भवन उद्घाटन गर्न हनुमानगढी पुगेका मन्त्री मो. ईश्तियाक राईलाई युवाले लखेटे

File Photo

नेपालगन्ज १८ भदौ : भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई युवाको एक समहुले अवरोध गरेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित हनुमानगढी परिसरमा रहेको एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई युवाका समुहले अबरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको चटारोकाबीच दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन गर्न मन्त्री राई शनिबार पुगेका थिए । एकाएक मन्त्री त्यहाँ पुगेर दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको भवनको उद्घाटन र शिलालेख राख्न खोज्दा युवाको एक समुहले अवरोध गरेको थियो ।

युवाको उक्त समुहले अवरोध गरेपछि त्यहाँ उपस्थित दुईपक्षबीच दोहोरो चर्काचर्की समेत भएको थियो । आक्रोशित युवाको उक्त समुहले भवनमा राखिएको शिलालेख भत्काएका थिए भने मन्त्री राईलाई त्यहाँबाट जान दावाव समेत दिएका थिए ।

निर्वाचनको मुखमा मतदातामाझ आफ्नो प्रभुत्व कायम गर्न राजनीतिक मुद्दा बनाएको भन्दै मन्त्री राई र भवन उद्घाटन गर्न ब्यवस्थापन मिलाउने विरुद्ध युवाको उक्त समुहले चर्को आलोचना र नाराबाजी समेत गरेका थिए ।
मन्त्री राई लगायतका ब्यक्तिहरुमाथि युवाको उक्त समुह खनिएपछि अवस्था असामान्य बन्ने भन्दै मन्त्री राई लगाएतको समुह त्यहाँबाट बाहिरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

‘दुई वर्षअघि नै भवन निर्माण सम्पन्न भयो, तर अहिले मन्त्री ज्यू राजनीतिक मसला खडा गरेर जस लिन खोजिरहनु भएको थियो ।’ सेतोखरीसँग कुरा गर्दै एकजनाले नाम नछाप्ने शर्तमा भने–‘मन्त्री ज्यूको यस्तो कार्य निन्दनीय छ । हामीले रोक्न सफल भयौं । समितिलाई समेत उक्त कुराको जानकारी नगराई उहाँलाई यसरी बोलाउने ब्यक्ति मुख्य जिम्मेवार हुन् ।’

‘मन्त्री ज्यूप्रति हाम्रो ब्यक्तिगत कुनै गुनासो छैन तर, यसरी मनमर्जी ढंगले अघि बढ्नुहुन्छ भने धैर्यताको बाँध टुट्छ’ उक्त भवन निर्माण समितिका अर्का एकजनाले नाम नछाप्ने शर्तमा भने–‘यहाँको वातावरण नै फरक भएको थियो । यस्ता सम्बेदनशील विषयमा मन्त्रीज्यू कसरी चुक्नु भयो ।’

विवाद बढेपछि उपस्थित उक्त घटनाको फोटो भिडियो खिच्न लागेका एक जनाको मोबाईल मन्त्रीको सुरक्षार्थ खेटेका सुरक्षाकर्मीले फुटाईदिएको ती समितिका सदस्यले दावि गरे ।

भवन उद्घाटनमा पुगेका मन्त्री राईको घटनाका विषयमा बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीसँग बुझ्दा उनले घटनाको पुष्टि गरे ।

सेतोखरीसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अधिकारीले भने–‘चित्त नबुझ्न, विचार नमिल्न सक्छ । तर, मन्त्री ज्यू सहभागि उक्त कार्यक्रममा विवाद भएको कुरा साँचो हो यद्यपी आधिकारिक रुपमा मलाई जानकारी आएको छैन ।’

मन्त्री ज्यूलाई युवाले लखेटे रे ? उनको सुरक्षामा चुनौती देखियो नी ? भन्ने सेतोखरीको जिज्ञासामा एसपी अधिकारीले भने–‘लखेटेकै हो भन्ने होइन, उक्त कार्यक्रममा विवाद भएपछि मन्त्री ज्यू त्यहाँबाट निस्किनु भएको हो ।’

एसपी अधिकारीले अगाडी थपे–‘सरकारका बहालवाला मन्त्री आफै सत्तामा हुनुहुन्छ, यस्ता विषयमा उहाँ पक्कै गम्भीर हुुनुहुन्छ । उहाँको सुरक्षाका लागि सुरक्षागार्ड साथमै रहन्छ । हामी पनि सुरक्षा दिइरहेका हुन्छौं ।’

यता सेतोखरीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईसंग उक्त घटनाको विषयमा जानकारी लिदाँ उनले विवाद नभएको दावि गरे ।

‘मलाई सम्मान गर्न उक्त स्थानमा अतिथी भनेर बोलाइएको थियो । म गए, सोक्रममा भवन उद्घाटनको कार्यक्रम राखिएको थियो ।’ मन्त्री राईले अगाडी थपे–‘उक्त स्थानको भवन निर्माणका लागि मैले नै एकपटक १५ लाख र अर्को पटक संसद विकास कोषबाट १० लाख गरि जम्मा २५ लाख बजेट विनियोजित गरेको हुँ । सो भवन उद्घाटन गर्न खोज्दा केही साथीहरुले मान्नु भएन । म फर्किहाले ।’

पछिल्लो समय भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई चर्चामा छन् । उनले नेपालगन्ज–कोहलपुर सडक ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न भन्दै ठेक्का सम्झौता नहुँदै हतारमा शिलान्यास गरेपछि उनी चर्चामा छन् ।

थप समाचार

ठेक्का सम्झौता नहुँदै हतारमा शिलान्यास

सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?

‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

सडक विस्तार योजना अलपत्र : आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का