बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन २६ भदौ : माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान ८ः३० बजे मृत भेटिएका हुन् । शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । -रासस