गोठालो गएका झुठारीलाई बाघले खायो


गोठालो गएका झुठारीलाई बाघले खायो

नेपालगन्ज २७ भदै : बर्दियामा गोठालो गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारु रहेका छन् ।

आईतबार भैंसी चराउन जङ्गल गएका उनी अबेर रातीसम्म घर नफर्किएपछि सोमबार बिहानैदेखि खोजतलास गरिएको थियो । बिहान पौने ९ बजे थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बताए ।

घर नजिकको कुसमानीया सामुदायिक वनमा क्षतविक्षत अवस्थामा थारुको शरीरका अंग भेटिएको हो । त्यहाँ नजिक बाघको पाइला समेत देखिएको स्थानीयले बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

केही महिना मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले ठूलो आन्दोलन गरेका थिए ।