नेपालगन्ज २७ भदै : बर्दियामा गोठालो गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारु रहेका छन् ।
आईतबार भैंसी चराउन जङ्गल गएका उनी अबेर रातीसम्म घर नफर्किएपछि सोमबार बिहानैदेखि खोजतलास गरिएको थियो । बिहान पौने ९ बजे थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बताए ।
घर नजिकको कुसमानीया सामुदायिक वनमा क्षतविक्षत अवस्थामा थारुको शरीरका अंग भेटिएको हो । त्यहाँ नजिक बाघको पाइला समेत देखिएको स्थानीयले बताएका छन् ।
केही महिना मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले ठूलो आन्दोलन गरेका थिए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर