नेपालगन्ज २८ भदौ : कोरोना महामारीकाबीच नेपालमा डेंगु संक्रमित संखया दश हजार नजिक पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजो(सोमबार) सम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु संक्रमण भएको छ ।
यस्तै, लुम्बिनीमा एक हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको हो ।
थप समाचार
देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर