नेपालमा डेंगु संक्रमित संख्या दश हजार नजिक पुग्यो


नेपालमा डेंगु संक्रमित संख्या दश हजार नजिक पुग्यो

नेपालगन्ज २८ भदौ : कोरोना महामारीकाबीच नेपालमा डेंगु संक्रमित संखया दश हजार नजिक पुगेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजो(सोमबार) सम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु संक्रमण भएको छ ।

यस्तै, लुम्बिनीमा एक हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको हो ।

थप समाचार

देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?