नेपालगन्ज ३१ भदौ : बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतबाट नेपाल आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नम्बर–४, एचगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
चौधरी भारतबाट पैदल आइरहेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउनसुगर फेला परेको थियो ।
प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउनसुगर नेपालगन्ज हुँदै देशको विभिन्न सहरमा पुग्ने गरेको पाइन्छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर