ब्राउनसुगरसहित खजुराका आशिष पक्राउ


ब्राउनसुगरसहित खजुराका आशिष पक्राउ

नेपालगन्ज ३१ भदौ : बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतबाट नेपाल आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नम्बर–४, एचगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

चौधरी भारतबाट पैदल आइरहेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउनसुगर फेला परेको थियो ।

प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउनसुगर नेपालगन्ज हुँदै देशको विभिन्न सहरमा पुग्ने गरेको पाइन्छ ।