अछाम पहिरो : एकै परिवारका आठजनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो


अछाम पहिरो : एकै परिवारका आठजनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालगन्ज १ असोज : अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर अछाममा एकै परिवारका ८ जनासहित १५ जनाको मृत्यु भएकोछ । भने थप ६ जना बेपत्ता भएकाछन् ।

अछामका विभिन्न ठाउँमा आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका–६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो ।

स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको डीएसपी डाँगीले जानकारी दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्दार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलबजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।

तुर्माखाँद गाउँपालिका– ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् ।

शनिबार बिहान करिब ४ बजे पहिरो खस्दा तुर्माखादका स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको छ ।

स्थानीय बासिन्दाले ४२ वर्षिय नेत्रबहादुर शाही, उनकी ३५ वर्षिष श्रीमती मनिषा शाही, १६ वर्षिया छोरी बिमला शाही र १६ वर्षाया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालिएको छ ।

बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएको समयमा पहिरोमा परेकी हुन् ।

उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरासमेत पुरिएका छन् । पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीया छोरा सुन्दर शाही छन् ।

उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको छ । ११ जना घाइतेलाई उद्दार गरिएपनि तीन जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि बाहिरी जिल्ला पठाउने तयारी भइरहेकोछ ।

-थप अपडेट आउँदै...