पहिरोका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो


पहिरोका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

File Photo

नेपालगन्ज १ असोज : लागातारको वर्षासहित आएको पहिरोका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएकोछ ।

लमहीको अर्जुन खोला, बाँकेको च्याउखोला लगाएतका स्थानमा रुख ढल्नुका साथै पहिरो गएको थियो । पहिरो र रुख ढल्दा पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अबरुद्ध भएको थियो ।

दाङको लमही नगरपालिका–७ पदमिनि खोला नजिक ढलेको रुख र रिहार नजिकै खसेको पहिरो पन्छाएपछि सडक सुचारु भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले जानकारी दिए ।

लमहीको अर्जुन खोला, बाँकेको च्याउखोला लगाएतका स्थानमा ढलेका रुखहरु काटेर हटाइएको एसपी ओलीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

च्याउखोला निर रूख ढलेपछि काठमाडौंबाट धनगढीतर्फ जान थालेको बस साइड च्यापेर जान खोज्दा नाला भन्दा बाहिर पुगेको भए पनि दुर्घटनाबाट जोगिएको एसपी ओलीले बताए । त्यो बस पनि निकालेर गनतब्यतर्फ पठाइएको उनले बताए ।