File Photo
नेपालगन्ज १ असोज : लागातारको वर्षासहित आएको पहिरोका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएकोछ ।
लमहीको अर्जुन खोला, बाँकेको च्याउखोला लगाएतका स्थानमा रुख ढल्नुका साथै पहिरो गएको थियो । पहिरो र रुख ढल्दा पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अबरुद्ध भएको थियो ।
दाङको लमही नगरपालिका–७ पदमिनि खोला नजिक ढलेको रुख र रिहार नजिकै खसेको पहिरो पन्छाएपछि सडक सुचारु भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले जानकारी दिए ।
लमहीको अर्जुन खोला, बाँकेको च्याउखोला लगाएतका स्थानमा ढलेका रुखहरु काटेर हटाइएको एसपी ओलीले बताए ।
च्याउखोला निर रूख ढलेपछि काठमाडौंबाट धनगढीतर्फ जान थालेको बस साइड च्यापेर जान खोज्दा नाला भन्दा बाहिर पुगेको भए पनि दुर्घटनाबाट जोगिएको एसपी ओलीले बताए । त्यो बस पनि निकालेर गनतब्यतर्फ पठाइएको उनले बताए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर