यी हुन् बर्दियाबाट सिफारिस भएका उम्मेदवार


यी हुन् बर्दियाबाट सिफारिस भएका उम्मेदवार

बर्दिया ४ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागी सत्ता गठबन्धनदल लगायत अन्य राजनीतिक दलहरुले कुनै पार्टीमा सर्वसम्मत त कुनै दलले विवादकाविच उमेदवारहरुको नाम सिफारिस गरेका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बर्दिया जिल्लामा नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागी सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ ।

माओबादी केन्द्रले बर्दियाको क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ तिलकराम शर्मा र दुर्गा बहादुर थारुको नाम सिफारिस गरेको हो । यसैगरी क्षेत्र नम्बर–२ बाट सन्तकुमार थारु, मानबहादुर थारु र शरेश पन्थ सिफारिसमा परेका छन् ।

माओबादी केन्द्रबाट प्रदेश सभातर्फ क्षेत्र नम्बर–१ ‘क’ बाट कर्णबहादुर थापा, राजेन्द्र सिंह लामिछाने, शंकर थारु लगायतका रहेका छन् भने क्षेत्र नम्बर–१ ‘ख’ बाट अञ्जु दहित, गेहेन्द्र ढकाल, कोलराज पुरी लगायतको नाम सिफारिस भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रदेश सभा सदस्य क्षेत्र नम्बर–२ ‘क’ बाट गणेश बहादुर क्षेत्री, चित्रप्रसाद खनाल, चक्रबहादुर भण्डारी लगायत सिफारिसमा परेका छन् क्षेत्र नम्बर– २ ‘ख’ बाट मानबहादुर थारु, चिन्तामणी आचार्य, गणेश अर्याल लगायतका सिफारिसमा परेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बर्दियामा उमेदवार सिफारिस गर्ने विषयमा धेरै विवादित बनेको थियो । नेपाली काँग्रेसका सह–महामन्त्री किसोर सिंह राठौरको गृह जिल्ला समेत रहेको बर्दियामा पार्टीले क्षेत्रीय सभापती मुक्तिनाथ यादवको हस्ताक्षरसहित विज्ञप्ती जारी गरि प्रतिनिधि सभाका लागी प्रत्यक्षतर्फ सहमहामन्त्री किशोर सिंह राठौर, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाली काँग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर, केन्द्रिय सदस्य सञ्जय गौतम, युवा नेता महेन्द्रकुमार शर्मा, गंगाधर पौडेल लगायत १० जनाको नाम सिफारिस गरिएको जनाएको छ । भने क्षेत्रीय कार्यसमितिका सचिवका तर्फबाट सञ्जय गौतम, महेन्द्रकुमार शर्मा, नेत्र रानाभाट लगायत ८ जनाको नाम सिफारि गरिएको छ ।

यसैगरी काँग्रेसबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा काँग्रेस सहमहामन्त्री राठौर, अरुणप्रकाश सिंह राठौर, जन्मजय तिमिल्सिना, जग्गाप्रसाद पाण्डे, परशुराम थारु र भागीराम थारुको नाम सिफारिस भएको छ ।

प्रदेश सभाका लागी क्षेत्र नम्बर–१ ‘क’ बाट सोदे विष्ट, भवनेश्वर चौधरी र तिलकबहादुर बुढाक्षेत्रीको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नम्बर– १ ‘ख’ बाट मंगलप्रसाद थारु, बिजय दत्त देवकोटा, काशिराम चौधरी लगायतका रहेका छन् । क्षेत्र नम्बर– २ ‘क’ बाट जग्गा प्रसाद पाण्डे, विद्याप्रसाद खनाल, जंगबहादुर मल्ल, युवराज अधिकारी लगायतका सिफारिसमा परेका छन् । भने क्षेत्र नम्बर– २ ‘ख’ बाट अरुण प्रकाश सिंह राठौर, मिनराज चौधरी, जन्मजय तिमिल्सिना, लगायतका रहेका छन् ।

यता नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर– १ का लागी प्रत्यक्षतर्फ लक्ष्मणराज ज्ञवाली, लिला राना, कृष्ण प्रसाद गौतम र कपील ज्ञवालीको नाम सिफारिसमा परेकाछन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर–२ बाट विमल विक, भीम केसी, पंकज सिंह राठौर र कुल प्रसाद पोखरेल सिफारिसमा छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर– १ ‘क’ बाट प्रदेश सभाका लागी शालिकराम अधिकारी, हरी अधिकारी, रहेका छन् । यसैगरी क्षेत्र नम्बर–१ ‘ख’ बाट भक्तबहादुर विक, विष्णु भटराई लगायतका रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर–२ ‘क’ बाट लहानु चौधरी र नरबहादुर खडका रहेका छन् । यसैगरी क्षेत्र नम्बर–२ ‘ख’ बाट कृष्णी थारु, इन्द्र सेन र बाबुराम थारुको नाम सिफारि भएको छ ।

यस्तै नेकपा एकिकृत समाजवादीबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट कौशिला सिंह ठकुरी, बखतबहादुर खड्का र दिगेन्द्रराज आलेलाई सिफारि गरेको छ ।

क्षेत्र नम्बर–२ बाट लोकमणी आत्रेय, बैद्यनाथ झा, जुना कार्कीको नाम सिफारि गरिएको छ । क्षेत्र नम्बर–१ ‘क’ बाट प्रदेश सभाका लागी डिलबहादुर केसी, यमुना विक रहेका छन्, भने क्षेत्र नम्बर– १ ‘ख’ बाट प्रेम प्रसाद पोखरेल, कमला घिमिरे, नारायण प्रसाद चौधरीको नाम सिफारिस भएको छ ।

यसैगरी क्षेत्र नम्बर–२ ‘क’ बाट प्रदेश सभाका लागी दुर्गाबहादुर रिमाल, लक्ष्मिकान्त शर्मा, शान्ति चौधरी र सुशिला थापा मगरको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर– २ ‘ख’ बाट बमबहादुर रावल, सृजना थापा क्षेत्री, अग्नी प्रसाद अर्याल र पुनाराम थारुको नाम सिफारिस भएको छ । नाम सिफारि भएसँगै राजनितिक दलहरुले प्रचार–प्रसार अभियानलाई पनि तिव्र पारेका छन् ।